सञ्चारसम्बन्धी कानुन महासंघको सहमतिमा निर्माण गर्नुपर्ने

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बिहीबार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा श्रमजीवी पत्रकारको श्रम समस्यालगायतका विषयमा छलफल गरिएको छ ।
बैठकले नागरिक दैनिकलगायत विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्यामा छलफल गर्दै उक्त समस्या समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्नुका साथै उक्त आग्रह बेवास्ता गरेमा संघर्षका कार्यक्रम अगाडि बढाउने निणर्य गरिएको छ ।
यस्तै बैठकले संघ, प्रदेश तथा स्थानीय तहले सञ्चारसम्बन्धी कानुन निर्माण गर्दा महासंघको सहमतिबिना ल्याइ उक्त कानुनको अवज्ञा गर्ने, कोरोना संक्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडियाहरु बढी प्रभावित भएकाले पत्रकार र स्वरोजगारमूलक मिडियाहरुको उत्थानका गर्न विशेष बजेट प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउने, कोभिड संक्रमणको तेस्रो लहरको सम्भावित खतराले सञ्चार क्षेत्र र सञ्चारकर्मीमाथि पार्नसक्ने प्रभावको मूल्याङ्कन गरी आवश्यक तयारी गर्ने, सञ्चार क्षेत्रमा कोभिड महामारीले पारेको असरसहित समग्र सञ्चार क्षेत्रले भोगिरहेका समस्याहरुलाई सम्बोधन गर्न सरकार, संसद् र राजनीति दलहरुबीच साँझा दृष्टिकोण निर्माण गरी प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहने, आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत नेपाल पत्रकार महासंघलगायत सञ्चार क्षेत्रका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा गम्भीर हुन बैठकले सरकारको ध्यानाकर्षण गराउने, मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन वापत प्रदान गरिँदै आएको रकममा थप ५० प्रतिशत वृद्धि गर्न र यसअघि प्रदान गरिँदै आएको रकमबाट १० प्रतिशत कल्याणकारी कोषमा जम्मा गर्ने भनी बजेट बक्तव्यमा आएको कुराले स्वारोजगारमूलक तथा साना लागानीका सञ्चार माध्ययमा निराशा पैदा गराएकोले १० प्रतिशत रकम नकाट्न आग्रह गर्ने बैठकले निर्याय गरेको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया