जसपाले १६ गते संसदीय दलको नेता चयन गर्ने
मेरोन्यूज
२०७८ साउन १४ गते १९:१६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले १६ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाको विहीबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले १६ गते शनिबार संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।
जसपाले सहमतिमा नेता छान्ने तयारी गरेको छ । यदि सहमति हुन नसकेमा निर्वाचन गर्ने जनाइएको छ । तीन दिनसम्म बसेको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार छानविन समितिको संयोजकमा नवराज सुवेदी, अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई जिम्मेवारी दिइएको छ ।
यसअघि बसेको बैठकले जसपाको संसदीय दलको विधान पारित गरिसकेको छ । प्रतिनिधिसभामा जसपाका कुल ३२ सांसद (२ जना निलम्बितपछि) छन् । ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा रहेका छन् । २२ सांसदबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया