गाँजासहित दुईजना पक्राउ
मेरोन्यूज
२०७८ साउन १४ गते २०:३०

वाग्मती । स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । ६५ किलो गाँजासहित बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडी हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका–२० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने ४३ वर्षीय ललिततामाङ रहेका छन् । मनहरिबाट हेटौँडा आउँदै गरेको गाडी जाँच गर्दा उक्त गाडीमा लुकाइछिपाइ ल्याएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्बन्धित
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया