राजस्व संकलनमा ३३ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब १७ करोड राजस्व संकलन गरेकामा गत आवमा दुई अर्ब ९० करोड संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व संकलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।
यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व संकलन बढेको छ । ट्रफिक कारवाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष २० करोड ३० लाख राजस्व संकलन गरेकामा गत वर्ष रु २७ करोड १५ लाख संकलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व संकलन गरेकामा गत आर्थिक वर्षमा ७ करोड बढी राजस्व संकलन गरेको छ ।
यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट ८५ करोड राजस्व संकलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व संकलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया