आइतबार, माघ १३, २०८१

थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

मेरोन्यूज २०७८ साउन १५ गते १६:५२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २७ जनाले कोरोनाबाट ज्यान गुमाउनु परेका छन् ।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८१६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

आज कोरोना संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । जसमा ९ हजार ८३४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी ६ लाख ५२ हजार २६१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।

प्रतिक्रिया