कोरोना तेस्रो लहरको तयारी : देशभर १८० भेन्टिलेटर, १४०० एचडियु बेड थपिँदै

काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमणको तेस्रो लहर (फेज)विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाका लागि भेन्टिलेटरसहित आइसियू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिकाका लागि १८० भेन्टिलेटरसहित २५० वटा आइसियू बेड थप्ने कार्यअगाडि बढाइएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार देशभर थप एक हजार ४ सय एचडियु बेडहरू विस्तार गर्न लागिएको जनाइएको छ ।
हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी अस्पतालमा ७७८ एचडियु बेड सञ्चालनमा रहेका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भेन्टिलेटरहरूको संख्या नौ सय पुर्याइएको र १८० थप गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिएको छ ।
यसैगरी, नेपालमा अनुदानबाट र खरिद गरी हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको जानकारी विज्ञप्तिमाफर्त पौडेलले दिएका हुन् । हाल कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप प्रयोग भइरहेको छ ।
भारत सरकारको अनुदानबाट नेपाली सेनासहित एक लाख, सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख, तथा गाभी कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।

















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया