कोरोना तेस्रो लहरको तयारी : देशभर १८० भेन्टिलेटर, १४०० एचडियु बेड थपिँदै

काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमणको तेस्रो लहर (फेज)विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाका लागि भेन्टिलेटरसहित आइसियू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिकाका लागि १८० भेन्टिलेटरसहित २५० वटा आइसियू बेड थप्ने कार्यअगाडि बढाइएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार देशभर थप एक हजार ४ सय एचडियु बेडहरू विस्तार गर्न लागिएको जनाइएको छ ।
हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी अस्पतालमा ७७८ एचडियु बेड सञ्चालनमा रहेका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भेन्टिलेटरहरूको संख्या नौ सय पुर्याइएको र १८० थप गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिएको छ ।
यसैगरी, नेपालमा अनुदानबाट र खरिद गरी हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको जानकारी विज्ञप्तिमाफर्त पौडेलले दिएका हुन् । हाल कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप प्रयोग भइरहेको छ ।
भारत सरकारको अनुदानबाट नेपाली सेनासहित एक लाख, सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख, तथा गाभी कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।

















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया