व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने

तनहुँ । व्यास नगरपालिकाले वातानुकूलित (एसी) सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
सो एम्बुलेन्स १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि स्ट्रेचर, अक्सिजन सिलिन्डर, प्राथमिक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
नगरपालिकाको मापदण्डअनुसार एम्बुलेन्स सञ्चालन प्रक्रियालाई अगाडि बढाइने र नगरवासीलाई सहजरुपमा सेवा प्रदान गरिने जनाइएको छ । कोभिड–१९ र बन्दाबन्दीका कारण सम्झौता भएको करिब छ महिनापछि मात्रै एम्बुलेन्स ल्याइएको हो ।
निकट भविष्यमा व्यास नगरपालिका–१० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि एम्बुलेन्स प्रयोगमा ल्याइने नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
व्यास नगरपालिकाको आफ्नो एम्बुलेन्स नहुँदा विपद्को समयमा सास्ती भोग्नुपरेको थियो । यसअघि दमौली बजार एकाइ समितिले नगरपालिकालाई प्रदान गरेको एम्बुलेन्सबाट कोभिडका बिरामीलाई सेवा प्रदान गरिएको थियो ।
नयाँ एम्बुलेन्स आएसँगै उक्त पुरानो एम्बुलेन्सलाई शवबाहनको रुपमा प्रयोग गरिने बताइएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया