शुक्रबार, माघ ११, २०८१

लुम्बिनी प्रदेश सांसद वली सम्पर्क विहीन, एमालेले कब्जामा लिएको माओवादीको आरोप

मेरोन्यूज २०७८ साउन १६ गते १०:२४

दाङ । लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री वली सम्पर्कबिहीन भएकी छन् । शुक्रबार रातीबाट उनी सम्पर्क बिहिन भएको माओवादी केन्द्रले दाबी गरेको छ ।

Advertisement

लुम्बिनी प्रदेशमा राजपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली सम्पर्कबिहीन भएकी हुन ।

लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

माओवादी केन्द्रले आज बिहान ११ बजे प्रदेश संसदीय दलको बैठक बोलाएको छ । एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप माओवादी केन्द्रले लगाएको छ ।

वलीका बारेमा कुनै जानकारी नभएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ सार्वजनिक भएकी थिईन् ।

प्रतिक्रिया