सोमबार, माघ १२, २०८२

सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?

मेरोन्यूज २०८२ माघ १२ गते ११:२५

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया