बुधबार, माघ २३, २०८१

माधव नेपाल जस्तालाई पार्टीमा ठाउँ छैन : केपी ओली

मेरोन्यूज २०७८ साउन १६ गते १४:०८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तालाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।

Advertisement

अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् । ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने,’ उनले भने, ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि पार्टीमा ठाउँ छैन ।’

उनले बाटो बिराएका अरु नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरे । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो, जो अउँदैन, आउँदैन, समय कुर्दैन’ उनले भने ।

प्रतिक्रिया