बुधबार, फागुन २७, २०८२

माओवादी केन्द्रको सम्पर्कमा आइन लुम्बिनीका सांसद ओली

मेरोन्यूज २०७८ साउन १६ गते १८:१५

काठमाडौं । पार्टी सम्पर्कमा नरहेको भनि प्रचार गरिएकी लुम्बिनी प्रदेशका सांसद बिमला ओली माओवादी केन्द्रको सम्र्पकमा आएकी छिन् । परिवारमार्फत उनी माओवादी केन्द्रको सम्र्पकमा आएको माओवादीले जनाएको छ । तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी ओलीले आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurence

‘परिवारका सदस्यले विमलाजी उपचारमा रहेको र साँझसम्म पार्टीको सम्पर्कमा आउने जानकारी गराउनुभएको छ’ प्रमुख सचेतक घर्तीले भने, ‘दुई तीन दिनदेखि पार्टीको सम्पर्कमा नआउदा थुप्रै आशंका उब्जिएको सत्य हो, साँझसम्म उहाँ आफैले पार्टीसंग सम्पर्क गर्नुहुन्छ होला ।’

घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको घर्तीले बताए ।

तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताईरहदा ओली सम्र्पकविहिन बनेपछि अनेक आशंका उब्जिएको थियो ।

प्रतिक्रिया