फेरि जुटे कांग्रेसका तीन भाई, भदौमा महाधिवेशन नभए पार्टी संकटमा

काठमाडौं । कांग्रेसका उपसभापति विमलेन्द्र निधि दिल्लीबाट काठमाडौं फर्केलगत्तै काग्रेसका तीन सस्थापक नेताका छोराहरुको फेरि पनि छलफल भएको छ । गणेशमान सिंह्का पुत्र प्रकाशमान सिंहको चाक्सीवारीस्थित निवासमा बीपी पुत्र एवम् कांग्रेस महामन्त्री डा शशांक कोइराला र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र फेरि छलफलमा बसेका हुन् ।
शनिवार मध्यान्ह यी नेताहरुले सिंह निवासमा छलफल गरी भदौंमा महाधिवेशन नभए कांग्रेसमा संवैधानिक संकट निम्तने निश्कर्ष निकालेका छन् ।
कांग्रेसको महाविधेशन भदौं १६ देखि १९ सम्म तोकिएको छ । तर क्रियाशिल सदस्यताको विवाद अझै टुग्गो नलागेको र वडा, पालिका अधिवेशनको मिति प्रभावित भईरहेको बेला महाधिवेशन हुने नहुने अन्यौल सिर्जना भएको छ ।
क्रियाशिल सदस्यता विवाद टुग्गो ५ दिनभित्र मिलाउने भन्दै नेताहरुले जिम्मा लिएको अवस्थामा सस्थापनक नेताहरुका छोराहरुको फेरि जमघट भएको हो ।
तिनै जना कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकाक्षी छन् ।
सम्वैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने काममा कांग्रेस जुट्नुपर्छु, तीन नेताको बैठकको निष्कर्ष सुनाउँदै सिंह्का स्वकिय सदस्य युपी लामिछानेले भने, भदौ पछाडि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्नेतर्फ पनि विचार गर्नु जरुरी छ।
निधि, कोइराला र सिंहबीच महाधिवेशन केन्द्रित यो चौथो छलफल हो। यसअघि पनि नेताहरुको निवासमा आलोपालो यी तीन नेताले छलफल गदै आएका थिए ।
















६ हजार किमि बढीको क्रस-कन्ट्री इलेक्ट्रिक यात्राले एथर ४५० ले तोड्यो ‘रेन्ज एङ्जायटी’
29 polling stations in Palpa ‘highly sensitive’
Gold price reaches 339,300 per tola, setting historic record
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया