फेरि जुटे कांग्रेसका तीन भाई, भदौमा महाधिवेशन नभए पार्टी संकटमा

काठमाडौं । कांग्रेसका उपसभापति विमलेन्द्र निधि दिल्लीबाट काठमाडौं फर्केलगत्तै काग्रेसका तीन सस्थापक नेताका छोराहरुको फेरि पनि छलफल भएको छ । गणेशमान सिंह्का पुत्र प्रकाशमान सिंहको चाक्सीवारीस्थित निवासमा बीपी पुत्र एवम् कांग्रेस महामन्त्री डा शशांक कोइराला र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र फेरि छलफलमा बसेका हुन् ।
शनिवार मध्यान्ह यी नेताहरुले सिंह निवासमा छलफल गरी भदौंमा महाधिवेशन नभए कांग्रेसमा संवैधानिक संकट निम्तने निश्कर्ष निकालेका छन् ।
कांग्रेसको महाविधेशन भदौं १६ देखि १९ सम्म तोकिएको छ । तर क्रियाशिल सदस्यताको विवाद अझै टुग्गो नलागेको र वडा, पालिका अधिवेशनको मिति प्रभावित भईरहेको बेला महाधिवेशन हुने नहुने अन्यौल सिर्जना भएको छ ।
क्रियाशिल सदस्यता विवाद टुग्गो ५ दिनभित्र मिलाउने भन्दै नेताहरुले जिम्मा लिएको अवस्थामा सस्थापनक नेताहरुका छोराहरुको फेरि जमघट भएको हो ।
तिनै जना कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकाक्षी छन् ।
सम्वैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने काममा कांग्रेस जुट्नुपर्छु, तीन नेताको बैठकको निष्कर्ष सुनाउँदै सिंह्का स्वकिय सदस्य युपी लामिछानेले भने, भदौ पछाडि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्नेतर्फ पनि विचार गर्नु जरुरी छ।
निधि, कोइराला र सिंहबीच महाधिवेशन केन्द्रित यो चौथो छलफल हो। यसअघि पनि नेताहरुको निवासमा आलोपालो यी तीन नेताले छलफल गदै आएका थिए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया