नेपाली युवा तर्दै गरेको तुइन निकालिदिएको भन्दै चार पार्टीले गरे विरोध
काठमाडौँ । दार्चुला जिल्लाको व्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन निकालिदिँदा हराएको भन्दै चार कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरेको छ ।
नेकपा (क्रा.मा.)का महासचिव मोहन वैद्य किरण, नेपालल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपाका अध्यक्ष ऋषिराज कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा घटनालाई अमानवीय, आततयी र बर्बरतापूर्ण घटना भएको भन्दै निन्दा गरिएको छ ।
‘यो घटना नेपाली राष्टिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नांगो षड्यन्त्र र हस्तक्षेप हो, यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया