आइतबार, चैत १, २०८२

दार्चुला घटनाका दोषीलाई कारबाही गर्न २२ दलको माग

मेरोन्यूज २०७८ साउन १७ गते १३:१६

काठमाडौं । २२ दलले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले दाषीलाई कारबाहीमा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छन् । आइतबार संयुक्त वक्तव्य जारी गर्दै २२ दलीय गठबन्धनले घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलले जारी गरेको विज्ञप्तिमा सरकारले दाषीलाई कारबाही नगरे सडक सङ्घर्षमा उत्रिने उल्लेख गरिएको छ । साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटका स्थानीय ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान , नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

एसएसबीले तुइन काटेर धामी बेपता भएको प्रत्यक्षदर्शीले बताइ पनि भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् पेचिलो र जटिल बन्दै गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया