महाकाली नदिमा भएको घटनाका दोषीलाई कारबाही गर्न जनमोर्चाको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले दार्चुचा जिल्लामा भएको घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । आइतबार जनमोर्चाले प्रेस वक्तव्य जारी गर्दै दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ निवासी जयसिंह धामी महाकाली नदीमा तुईन तर्दै गर्दा भारतको सीमा सुरक्षाबल एस।एस।बी।ले तुईन काटेर धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको खोजतलास गरी एस।एस।बी।लाई कडाभन्दा कडा कारवाही तथा पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘नेपाल तथा भारत तर्फका नागरिकहरुले यो क्षेत्रमा वर्षायाम यही प्रकारले नियमित तथा जोखिमपूर्णरुपमा आवागमन गर्दै आएका हुनाले यस प्रकारको आवागन कुनै नौलो र अपराधजन्य पनि होइन । नदीमा मान्छे तुइन तरिरहेको देख्दा देख्दै तुईन काट्नु भारतीय पक्षको अत्यन्तै अमानविय तथा भत्र्सनापूर्ण कार्य हो । भारतको यस्तो अमानविय कार्यको हाम्रो दलले घोर विरोध तथा भत्र्सना गर्दछ । नेपाल भारत सीमा क्षेत्रमा भारतले लगातार नेपालमाथि हेपाहा प्रवृत्ति तथा थिचोमिचोपूर्ण व्यवहार गर्दै आएको छ । सीमा क्षेत्रका नेपाली जनतालाई भारतीय पक्षले अनावश्यक हैरान पार्ने कुटपीट गर्ने, यहाँसम्मकी हत्यासम्म गर्ने गरेका छन् । गत साल कञ्चनपुरका गोविन्द गौतमको भारतीय पक्षबाट भएको हत्या उदाहरण हो । यस्ता अपराधजन्य कार्यमा स्वयं भारत सरकारको सुरक्षाफौज नै सङ्लग्न हुने गरेको छ ।’
भारतीय पक्षबाट नेपालीमाथि हुने अपराधजन्य कार्य रोक्न नेपाल सरकारले दृढतापूर्वक भारतसँग कुरा राख्न तथा भारतको ज्यादतीपूर्ण कार्यविरुद्ध लगातार संघर्ष गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।















१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया