कर्णाली नदीमा डुंगा पल्टिँदा ३ जना बेपत्ता
मेरोन्यूज
२०७८ साउन १७ गते १४:५५
काठमाडौँ । कर्णाली नदीमा डुंगा पल्टिदा तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो डुंगा दुर्घटना भएको हो ।
बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका ३ राघका २० वर्षीय उर्मिला सलामी, उनको १० दिनको छोरा र २० वर्षकी पार्वत थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १९ वर्षीय धनसरा सलामी मगरको अवस्था गम्भीर रहेको छ । उनको १ महिनाको छोरा कर्ण सलामी मगर भने सामान्य अवस्थामा रहेका छन् ।
सुर्खेतको चौकुने गाउँपालिका ४ मा बच्चालाई खोप लगाउन जाँदा डुंगा पल्टिएको हो ।
घटनामा पाँच जना पौडी खेलेर बाहिर आएका थिए । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















१०७ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
गृहमन्त्री अर्यालद्वारा मतदान
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया