कर्णाली नदीमा डुंगा पल्टिँदा ३ जना बेपत्ता
मेरोन्यूज
२०७८ साउन १७ गते १४:५५
काठमाडौँ । कर्णाली नदीमा डुंगा पल्टिदा तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो डुंगा दुर्घटना भएको हो ।
बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका ३ राघका २० वर्षीय उर्मिला सलामी, उनको १० दिनको छोरा र २० वर्षकी पार्वत थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १९ वर्षीय धनसरा सलामी मगरको अवस्था गम्भीर रहेको छ । उनको १ महिनाको छोरा कर्ण सलामी मगर भने सामान्य अवस्थामा रहेका छन् ।
सुर्खेतको चौकुने गाउँपालिका ४ मा बच्चालाई खोप लगाउन जाँदा डुंगा पल्टिएको हो ।
घटनामा पाँच जना पौडी खेलेर बाहिर आएका थिए । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया