वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, चार जना घाइते

काठमाडौँ । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै झडप भएको छ । झडपमा चार जना कर्मचारी घाइते भएका छन् । घाइते स्वास्थ्यकर्मीको वीरकै एमर्जेन्सीमा उपचार भइरहेको छ ।
अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरेको थियो । तर, डा. गौतमले अस्पतालको सेवामा कुनै सुधार नगरेका थप आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिनु परेका आन्दोलिन कर्मचारीहरुको भनाई छ ।
उनीहरूले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्तालगायतका विभिन्न सेवा सुविधा नपाएको एक स्वास्थ्यकर्मीले मेरोन्युजलाई बताए ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया