वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, चार जना घाइते

काठमाडौँ । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै झडप भएको छ । झडपमा चार जना कर्मचारी घाइते भएका छन् । घाइते स्वास्थ्यकर्मीको वीरकै एमर्जेन्सीमा उपचार भइरहेको छ ।
अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरेको थियो । तर, डा. गौतमले अस्पतालको सेवामा कुनै सुधार नगरेका थप आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिनु परेका आन्दोलिन कर्मचारीहरुको भनाई छ ।
उनीहरूले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्तालगायतका विभिन्न सेवा सुविधा नपाएको एक स्वास्थ्यकर्मीले मेरोन्युजलाई बताए ।
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया