नेपाली युवाको अमेरिकामा मृत्यु

पर्वत । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।
विगत पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए ।
उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए ।
















पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी
ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया