मावध नेपाल पक्षलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भयो : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने बताएका छन् । पार्टीको स्थायी समिति बैठकपछि पत्रकारसँग बोल्दै उनले माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारका लागि सबै प्रक्रिया पूरा गरिसकेको जानकारी दिए ।
‘मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका विभिन्न घटकसँग छलफल गरी चाँडो निर्णय गर्नु हुने भएकाले पुनः भोलि स्थायी समिति बैठक बस्ने तयारी गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘जसपाले मन्त्रिपरिषद् विस्तार गर्न आफ्नो आधिकारिकताको विवाद अन्त्य हुनु पर्ने बताएकाले ढिला भएको हो ।’
त्यसैगरी गठबन्धनमा सामेल भएका विभिन्न पार्टीहरूले केही समय ढिला गरिदिन आग्रह गरेकाले मन्त्रिपरिषद विस्तार हुन नसकेको उनले बताए । ‘जसपापछि अर्को दल नेकपा एमालेका नेता मााधव कुमार नेपाल–झलनाथ खनाल पक्षले केही दिनमा निर्णय दिने भन्नु भएकाले पनि मन्त्रिपरिषद विस्तार हुन नसकेकै हो,’ उनले भने ।
यस्तै, उनले लुम्बिनी प्रदेशमा पनि संविधानअनुसार सरकार परिवर्तन हुने बताए ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा
प्रतिक्रिया