क्रोकस हमलाका दोषीलाई आजीवन जेल

सन् २०२४ मा मस्कोस्थित क्रोकस सिटी कन्सर्ट हलमा भएको घातक आतङ्कवादी आक्रमणका अभियुक्तहरूलाई रुसी अदालतले कडा सजाय सुनाएको छ । बिहीबार भएको फैसलामा चार मुख्य बन्दुकधारीसहित १५ जनालाई आजीवन कारावास सजाय दिइएको छ । उक्त आक्रमणमा १५० जनाको ज्यान गएको थियो । यसलाई दुई दशकभन्दा बढी अवधिमा रुसमा भएको सबैभन्दा भीषण हमला मानिन्छ ।
मार्च २२, २०२४ मा भएको उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट ९आइएस० ले लिएको थियो । फैसला सुनाउँदा केही पीडितका आफन्तहरू मस्कोस्थित सैन्य अदालतमा उपस्थित थिए ।
न्यायाधीशले ताजिक नागरिक सम्सिडिन फरिदुनी, दलेर्दजोन मिर्जोयेभ, मखमद्सोबीर फायजोभ र सैदाक्रामी राचाबोलिजोडालाई आजीवन कारावास सजाय सुनाएका थिए । अभियोजन पक्षका अनुसार ती चारै जना बन्दुकधारीहरूले कन्सर्ट सुरु हुनुअघि हलभित्र अन्धाधुन्ध गोली चलाएपछि भवनमा आगजनी गरेका थिए, जसका कारण धेरै मानिसहरू भित्रै फसेका थिए ।
उक्त घटनामा ६०० भन्दा बढी मानिस घाइते भएका थिए भने मृतकमध्ये छ जना बालबालिका थिए । आक्रमण सोभियत कालीन रक ब्यान्ड ‘पिकनिक’ को कन्सर्ट सुरु हुनुअघि भएको थियो ।
अदालतले अन्य ११ जनालाई पनि सहयोगीको भूमिका खेलेको र आतङ्कवादी सम्बन्ध राखेको आरोपमा आजीवन कारावास सजाय सुनाएको छ । साथै एक पिता र उनका दुई छोरासहित थप चार जनालाई ती अभियुक्तहरूसँग सम्बन्ध राखेको अभियोगमा १९ देखि २२ वर्षसम्मको कैद सजाय सुनाइएको छ ।
मस्कोको उपनगरमा भएको यो हमलालाई सन् २००४ मा भएको बेसलान विद्यालय घेराबन्दीपछि रुसमा भएको सबैभन्दा ठूलो आतङ्कवादी घटना मानिन्छ ।
घटनाको दोस्रो वार्षिकी नजिकिँदै गर्दा फैसला आएको हो । आक्रमणका बेला कन्सर्टको भिडियो खिचिरहेका इभान पोमोरिनले अदालत परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पीडित परिवारका लागि घटना अझै ‘हिजो जस्तै ताजा’ रहेको बताए । उनले सबै दोषीहरू पूर्ण रूपमा न्यायको कठघरामा पुग्नेबारे अझै स्पष्ट नभएको पनि उल्लेख गरे ।
अभियुक्त चार बन्दुकधारीहरू घटना हुँदा २० देखि ३१ वर्ष उमेरका थिए । उनीहरू विभिन्न सामान्य पेशामा संलग्न थिए, जसमा ट्याक्सी चालक, कारखाना कर्मचारी र निर्माण मजदुर पनि रहेका थिए ।
घटनापछि पक्राउ परेका ती अभियुक्तहरूलाई अदालतमा ल्याउँदा उनीहरूमा यातनाका सङ्केत देखिएको थियो । एक जना अभियुक्तलाई त व्हीलचेयरमा अचेत अवस्थामा ल्याइएको थियो । सुरक्षा निकायसँग सम्बन्धित सामाजिक सञ्जालमा उनीहरूको कडा सोधपुछ देखिने भिडियोहरू पनि सार्वजनिक भएका थिए ।
रुसको अनुसन्धान समितिले फैसलापछि आक्रमण योजनाबद्ध रूपमा गरिएको र त्यसको लक्ष्य किएभका हितसँग सम्बन्धित रहेको दाबी गरेको छ, यद्यपि क्रेमलिनले आक्रमणमा युक्रेनी संलग्नताको आरोप लगाउँदै आएको भए पनि स्पष्ट प्रमाण सार्वजनिक गरिएको छैन ।
अनुसन्धानकर्ताहरूले अभियुक्तहरूले दागेस्तानमा समेत अर्को आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।
यस घटनापछि रुसमा आप्रवासीसम्बन्धी नीति अझ कडा बनाइएको छ । सरकारले मध्य एसियाली आप्रवासीहरूलाई लक्षित गर्दै कडा कानूनी कदम र राजनीतिक बयानबाजी बढाएको छ, जसले मस्कोसँग निकट सम्बन्ध राख्ने केही मध्य एसियाली देशहरूमा असन्तोष पैदा गरेको छ ।
रुसको अर्थतन्त्र लामो समयदेखि मध्य एसियाबाट आउने लाखौँ आप्रवासी श्रमिकमा निर्भर रहँदै आएको छ । तर युक्रेन युद्ध र क्रोकस हमलापछि बढेको आप्रवासी विरोधी वातावरणका कारण रुसतर्फ जाने कामदारहरूको सङ्ख्या घट्दै गएको बताइएको छ ।
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया