सहकारी बैक खोल्न प्रधानमन्त्री तयार
मेरोन्यूज
२०७८ साउन १७ गते १७:११

काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले नेपाल सहकारी बैंक खोल्न इच्छुक रहेको जनाएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति देउवाले नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागसँगको भेटमा देशभरका सहकारीक्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैक खोल्नु आवश्यक रहेको बताए । उनले नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धीत निकायसंग परामर्श लिने आश्वासन दिएका छन् ।
भेटमा विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले बैक खोल्न हालसम्म गरेको काम र प्रकृयाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत प्रधानमन्त्री समक्ष राखेको ढुंगानाले बताए ।
सम्बन्धित
















इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानी विद्यालय भवनमा आक्रमण , मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
सुनचाँदीको मूल्य बढ्यो
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया