बेसरम व्यक्तिले आफ्नो पार्टीलाई सरकारबाट सडकमा ल्याए : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिहरूका कारण आफ्नो नेतृत्वको सफल सरकार सडकमा आएको बताएका छन् । २४ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘केही व्यक्तिहरूले पदीय मर्यादा र गैर जिम्मेवारी काम गरे, देश, जनता र विकासप्रति कुनै मतलब गरेनन्, त्यति गरेर पुगेन– एमालेको सरकार ढाल्न खुलेआम लागे,’ अध्यक्ष ओलीले भने, ‘बेसरम–लाज पचाएर, दक्षिणपन्थी सरकार बनाउन कहिले राष्ट्रपति कहाँ हस्ताक्षर बोकेर गए, कहिले अदालतमा एमालेको सरकार ढाल्नै पर्छ दक्षिणपन्थी सरकार बन्नै पर्छ भनेर लागे ।’
अध्यक्ष ओलीले केन्द्रमा मात्र नभई प्रदेशमा समेत आफूहरूविरुद्ध आफ्नै पार्टीका नेताहरू उत्रिएको बताए । ‘पार्टी, देश र जनताप्रति किञ्चित जिम्मेवारी छैन, प्रतिगमनको पछि लागेर हिँडेको छ,’ उनले भने, ‘अब विचारबाट देश निर्माणको काम गर्नु पर्ने छ ।’
उक्त अवसरमा बोल्दै उनले आफ्नो पार्टीलाई सरकारबाट भुँइमा पछारेर पाँच दलको गठबन्धन भन्दै केही व्यक्ति हिँडेको बताए ।
















कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया