कोभिड खोप प्रमाणीकरण गर्न देशका सरकारी अस्पताललाई निर्देशन
मेरोन्यूज
२०७८ साउन १७ गते २०:१८
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) खोप लगाएकाहरूको प्रमाणीकरण व्यवस्थित तरिकाले गर्न निर्देशन दिएको छ । गत शुक्रबार सचिव स्तरीय निर्णयानुसार वैदेशिक रोजगार, अध्ययन तथा उपचारका लागि विदेश जानु पर्ने नागरिकहरुको कोभिड खोपको प्रमाणीकरण व्यवस्थित गर्न निर्देशन दिएको हो ।
खोप प्रमाणीकरणका लागि देशभरका ५० शैय्याभन्दा माथिका सबै सरकारी अस्पतालले बढीमा दुई जना मेडिकल डाक्टर तोकेर निशुल्क प्रमाणीकरणको व्यवस्था गर्न निर्देशन दिएको हो ।
यस्तै आगामी भदौदेखि विदेश जाने नागरिकका लागि प्रमाणीकरण गरेर मात्रै खोप लगाउनु पर्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आगामी दिनमा खोपका लागि खोप केन्द्रसहित आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया