कोभिड खोप प्रमाणीकरण गर्न देशका सरकारी अस्पताललाई निर्देशन
मेरोन्यूज
२०७८ साउन १७ गते २०:१८
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) खोप लगाएकाहरूको प्रमाणीकरण व्यवस्थित तरिकाले गर्न निर्देशन दिएको छ । गत शुक्रबार सचिव स्तरीय निर्णयानुसार वैदेशिक रोजगार, अध्ययन तथा उपचारका लागि विदेश जानु पर्ने नागरिकहरुको कोभिड खोपको प्रमाणीकरण व्यवस्थित गर्न निर्देशन दिएको हो ।
खोप प्रमाणीकरणका लागि देशभरका ५० शैय्याभन्दा माथिका सबै सरकारी अस्पतालले बढीमा दुई जना मेडिकल डाक्टर तोकेर निशुल्क प्रमाणीकरणको व्यवस्था गर्न निर्देशन दिएको हो ।
यस्तै आगामी भदौदेखि विदेश जाने नागरिकका लागि प्रमाणीकरण गरेर मात्रै खोप लगाउनु पर्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आगामी दिनमा खोपका लागि खोप केन्द्रसहित आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

सम्बन्धित









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया