मेलम्चीमा पुनः बाढी, सुरक्षित हुन आग्रह
मेरोन्यूज
२०७८ साउन १७ गते २१:५८

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिए । पानी परेका कारण खोलामा पानीको सतह बढेको हो ।
गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।
सम्बन्धित

















विप्लवले गरे मतदान
कुलमान घिसिङले गरे मतदान
प्रचण्डले चितवनबाट गरे मतदान: अब हेलिकप्टरमार्फत रुकुम पूर्व जाने तयारी
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया