टि २० विश्वकप :दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्यो न्युजिल्याण्ड

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
कोलकातास्थित इडेन गार्डन्स स्टेडियममा जारी विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सैंटनरले टस जितेर बलिङ रोजेका थिए । साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
जबाफमा कीवी टोलीले १२.५ ओभरमा मात्र १ विकेट गुमाएर १७० रनको लक्ष्य पूरा गर्यो । यस जितमा फिन एलेनको ३३ बलमै १० चौका र ८ छक्का प्रहार गर्दै १०० रन प्रहार गरे । उनले टी–२० वर्ल्ड कपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान समेत बनाएका छन् । यसअघि सन् २०१६ मा क्रिस गेलले ४७ बलमा शतक बनाएका थिए । एलेनले न्यूजील्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक (१९ बलमा) बनाउने कीर्तिमान पनि कायम गरे । यस्तै टिम साइफर्टले ५८ रनको योगदान दिए ।
बलिङतर्फ साउथ अफ्रिकाका कागिसो रबाडाले एक विकेट लिएका थिए। न्यूजील्याण्डका रचिन रविन्द्र, म्याट हेनरी र कोल म्याककोन्की ले दुई–दुई विकेट लिए भने लोकी फर्ग्युसन र जिमी निशमले एक–एक विकेट लिए।
यसअघि साउथ अफ्रिकाले मार्को यानसेनको ५५ रनको अर्धशतकको बलमा १६९ रन बनाएको थियो । डेवाल्ड ब्रेभिसले ३४, ट्रिस्टन स्टब्सले २९ र एडेन मार्करमले १८ रन योगदान गरे ।
न्यूजील्याण्डले अब फाइनलमा भारत र इंग्ल्यान्डबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया