चिकित्सक दम्पतीको निःशुल्क विशेषज्ञ सेवा

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाको लाटीकोइलीमा निःशुल्करुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन् । लाटीकोइलीको स्वास्थ्यचौकीमा डा शुभ श्रेष्ठ र डा कृतिका थापा श्रेष्ठले बिरामीलाई जाँच शुरु गरेका हुन् ।
बजारमा आएर महँगो शुल्क तिरेर लिइने विषशेज्ञसहितको स्वास्थ्य सेवा डाक्टर दम्पतीले गाउँमा निःशुल्क दिन थालेका हुन् । आफूले सिकेको ज्ञानलाई थोरै भए पनि केही अंश सामाजिक सेवामा लगाउने उद्देश्यले निःशुल्क सेवा दिने गरेको हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठले बताए ।
आफूले काम गर्ने शुल्कसहितको सेवालाई कम गरेर सामाजिक सेवावापत निःशुल्क सेवा दिन शुरु गरेको श्रेष्ठको भनाइ छ । सामान्य स्वास्थ्य सेवा लिन पनि बजार जानुपर्ने अवस्था अन्त्य गर्न गाउँमा विशेषज्ञ सेवा शुरु गरेको हाडजोर्नी रोग विशेषज्ञ उनले बताए । लाटीकोइलीमा विशेषज्ञसहितको स्वास्थ्य सेवा गरेवापत कुनै पनि सुविधा नलिने श्रेष्ठको भनाइ छ ।
स्वास्थ्यचौकीमा आफ्नो विशेषज्ञ सेवा निःशुल्करुपमा निरन्तर दिने श्रेष्ठले जानकारी दिए। वीरेन्द्रनगरको देउती अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतमा स्त्रीरोग विशेषज्ञ डा थापा कार्यरत रहेका छन् ।रासस
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया