पूर्व माओवादीका चार नेताको रिटमाथि सुनुवाइ गर्न सर्वोच्चले तोक्यो पेसी

काठमाडौं । नेकपा माओवादी केन्द्रका चार पूर्व नेताहरुको रिटमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले पेसी तोकेको छ । मोओवादी केन्द्रले कारबाही गरेका चार नेताहरुले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्न सर्वोच्चले पेसी तोकिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकेको छ । नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहलाई पार्टी र सांसद पदबाट कारबाही गरेको थियो ।
चार नेताहरुले आफूहरु माओवादी केन्द्रको सदस्य नै रहेकाले सांसद पदमा पुनर्वाहाली गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।
यस्तै दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षका कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो । माओवादी केन्द्रको नेतामा दाबी गर्दै आएका नेताहरु एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया