पूर्व माओवादीका चार नेताको रिटमाथि सुनुवाइ गर्न सर्वोच्चले तोक्यो पेसी

काठमाडौं । नेकपा माओवादी केन्द्रका चार पूर्व नेताहरुको रिटमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले पेसी तोकेको छ । मोओवादी केन्द्रले कारबाही गरेका चार नेताहरुले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्न सर्वोच्चले पेसी तोकिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकेको छ । नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहलाई पार्टी र सांसद पदबाट कारबाही गरेको थियो ।
चार नेताहरुले आफूहरु माओवादी केन्द्रको सदस्य नै रहेकाले सांसद पदमा पुनर्वाहाली गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।
यस्तै दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षका कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो । माओवादी केन्द्रको नेतामा दाबी गर्दै आएका नेताहरु एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए ।

















६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया