ठाकुरको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं । जनता सामाजवादी पार्टी (जसपा)को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटमाथि सुनुवाई गर्न सर्वोच्च अदालतले पेसी तोकेको छ । सोमबार सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ ।
ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले रिटमा आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएका छन् । रिटमा आयोगले यादव पक्षलाई दिएको जसपाको आधिकारिता बदर गर्न माग गरिएको छ ।
यसअघि जसपाको विवाद आयोगमा विचाराधीन रहेको अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर, सर्वोच्चले तयसमा अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।
ठाकुरले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न र निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिने गरेको निर्णयलाई बदर गर्न गरेको मागको सर्वोच्चले एकसाथ सुनुवाई गर्ने भएको छ ।

















मेचीनगरमा १०४ बर्षीय बृद्धाले हालिन् भोट
रसुवामा मतदान जारी
१०७ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया