तीन विषयमा निर्णय गर्दै कार्यदलको बैठक सकियो
मेरोन्यूज
२०७८ साउन १८ गते १४:४४

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठक सकिएको छ । सोमबार प्रधानमन्त्रीको सारकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले तीन विषयमा निर्णय गरेको छ ।
बैठकले न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवालमा निर्णय गरेको छ । यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रुप दिइने बताइएको छ ।
कार्यदलको बैठकले मन्त्री छनोट र नियुक्तिका विषयमा कुनै छलफल नगरेको बताइएको छ । बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया