माधव नेपाल समुहको स्थायी कमिटि बैठक जारी

काठमाडौं । नेकपा एमालेको विद्रोही समुह माधव नेपाल समुहको स्थायी कमिटि बैठक शुरु भएको छ । काठमाडौंको वुद्दनगरस्थित क्वालिटी ब्याङकेटमा बैठक केही वेर अगाडीबाट शुरु भएको हो ।
वरिष्ट नेता नेपालले पार्टीभित्रको सस्थापन पक्षसँग अन्तरसंर्घष चर्काउदै लगेका छन् । त्यसक्रममा कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नै पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार गिराउन समेत नेपाल समुहले यो वीचमा भूमिका निर्वाह गरेको छ ।
प्रधानमन्त्रीमा रहँदा ओलीले पटक पटक असम्वैधानिक काम गरेको र दुई तिहाईको सरकारलाई आफ्नै स्वेच्छाचारी र अहंमका कारण भताभुंग पार्ने काम गरेको भन्दै नेपाल समुहले संविधानको रक्षा र संसद पूर्ण कार्यकाल सञ्चालनका लागि काग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउनु पर्ने वाटो सम्म जानु परेको वताउँदै आएको छ ।
नेपाल र ओलीका आ आफना तर्कका आधारमा आरोप प्रत्यारोप चुलिदा पार्टी एकता नै धरमराईरहेको वेला नेपाल समुहको आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्ता गठवन्धन निर्माणमा सहयोगी माधव नेपालले आइतबार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफुहरु एमाले एकताको लागि प्रयास गरिरहेको र तत्काल सरकारमा जान नसक्ने संकेत गरेपछिको परिदृश्यमा नेपाल समुहको स्थायी कमिटिको बैठक वसेको हो ।
यो वैठकले सम्भवत संसद ५ वर्ष नै चल्न दिने पूर्ण प्रतिवद्धता र पार्टीभित्र समान हैसियतमा निर्णय प्रक्रियामा आफनो पक्षका नेताको पनि हस्ताक्षर चल्ने गरी वातावरण निर्माण गर्न सकिए र ओलीले त्यसमा सहमति जनाए एकताको ढोका खोलेर जाने निर्णय गर्न सक्ने वताईएको छ ।
















अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया