आइतबार, फागुन १७, २०८२

उद्योग वाणिज्य महासंघको ध्यानकर्षण

मेरोन्यूज २०७८ साउन १८ गते १६:१२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघले आज विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्ट लिमिटडको प्रमोटर शेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो ।

नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासङ्घले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो ।

विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै शेयर कारोवार गरिएको हो ।”

ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रुपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मङ्सिर १४ मा गरिएको शेयर कारोवारकोे विषयलाई जोडेर अहिले गलत प्रचार भएको सो विज्ञप्तिमा उल्लेख छ ।

भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पु¥याउने हुँदा सत्यतथ्य बुझेर मात्र समाचार सार्वजनिक गर्न महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया