ठूलो मात्रामा लागु औषधसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ साउन १८ गते १६:२०

काठमाडौँ । सिरहा जिल्लाको लहान नगरपालिकाबाट ठूलो मात्राको अवैध लागु औषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त टोलीले आइतबार सिरहाको नवराजपुर गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंहलाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा को २६ प १८९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका सिंहको साथबाट प्रहरीले नाइट्राभेट १० लेखिएको ४ हजार ७ सय ४० वटा ट्याबेलेट, डाइजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम नभएको १ सय ९४ एम्पुल र डाइलेक्स डि.सी १ सय मिली लेखिएको ७ बोलत लागु औषध बरामद गरिएको छ ।
पक्राउ परेका सिंहलाई कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया