प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
मेरोन्यूज
२०७८ साउन १८ गते १६:३३

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवासँग वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । सोमबार देउवासँग वार्ता गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने जनाइएको छ । यस्तै सत्ता पक्षीय गठबन्धनको कार्यदलले तय गरेका साझा एजेण्डाका विषयमा समेत छलफल गरिने बताइएको छ ।
आज बसेको सत्ता पक्षीय गठबन्धनको बैठकले न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचार संहिताको सवालमा साझा ड्राफ्ट तयार गरेको थियो । प्रधानमन्त्री देउवाले मन्त्रीको टुङ्गो लगाउन गठबन्धनका नेतालाई दबाब दिँदै आएका छन् । तर, गठबन्धनले अहिलेसम्म मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया