प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
मेरोन्यूज
२०७८ साउन १८ गते १६:३३

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवासँग वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । सोमबार देउवासँग वार्ता गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने जनाइएको छ । यस्तै सत्ता पक्षीय गठबन्धनको कार्यदलले तय गरेका साझा एजेण्डाका विषयमा समेत छलफल गरिने बताइएको छ ।
आज बसेको सत्ता पक्षीय गठबन्धनको बैठकले न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचार संहिताको सवालमा साझा ड्राफ्ट तयार गरेको थियो । प्रधानमन्त्री देउवाले मन्त्रीको टुङ्गो लगाउन गठबन्धनका नेतालाई दबाब दिँदै आएका छन् । तर, गठबन्धनले अहिलेसम्म मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।
सम्बन्धित
















अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
प्रतिक्रिया