आइतबार, वैशाख १४, २०८२

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्तासँगै बैठक माग

मेरोन्यूज २०७८ साउन १९ गते १६:४०

काठमाडौँ । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव गरेसँगै विषेश बैठकको माग गरेको छ । अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरिएको हो ।

मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनले अधिवेशन बोलाउनका लागि निवेदन दिएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ ।

३४ जना प्रदेशसभा सांसदहरूले हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया