शनिबार, फागुन २, २०८२

उपेन्द्रलाई उपप्रधानमन्त्रीमा रोक्न हिसिलाले गरिन् प्रधानमन्त्रीको प्रस्ताव

मेरोन्यूज २०७८ साउन १९ गते १७:४०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)की नेत्री हिसिला यमीले उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न तयार रहन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी अध्यक्ष यादवलाई सिंगो देशको नेता बन्न आँट गर्नु पर्ने बेला आएको बताएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले भनेकी छन्, ‘अब प्रधानमन्त्री हुन आँट गर्नुहोस्, मधेसको मात्र नेता हैन सिंगै देशको नेता बन्न आँट गर्नु होस् हामी तपाइसँग छौँ ।’

जसपाका अध्यक्ष यादवले आफ्नो पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाने तयारी गरिरहेको अवस्थामा नेत्री यमीको यस्तो आग्रह आएको हो । उनको आग्रहसँगै यादवलाई साथ दिएको जस्तो देखिए पनि उपप्रधानमन्त्री बन्न रोक्ने देखिएको छ ।

जसपाबाट सरकारमा जाने मन्त्रीको टुंगो लम्बिदै गर्दा कार्यकारिणी अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पक्षबाट नेत्री यमी वा गंगा श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउनु पर्ने दबाब दिँदै आएका छन् । तर, अध्यक्ष यादवले यस प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् ।

गत १६ गते यादव पार्टीको संसदीय दलको नेतामा चयन भएका थिए ।

प्रतिक्रिया