कार्यक्रम टुङ्ग्याउन कार्यदलको बैठक भोलि पुनः बस्ने

काठमाडाैं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज दोस्रोपटक भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक कार्यक्रमलाई अन्तिमरूप दिन पुनः भोलि बस्नेगरी सकिएको छ । भोलिको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले बताए ।
५ दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।
साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ ।









एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
विगतका गल्तीबाट सिक्दै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
सञ्चारमन्त्री खरेलले भेटे शहीद रजकका परिवार
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया