विपी प्रतिष्ठान धरानका आन्दोलतरत पक्ष र सरकारी वार्ता टोलीबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता हुने

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विवाद मिलाउन सरकारी वार्ता टोली र संयुक्त संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सरकारले डा. कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली बनाएको थियो ।
मंगलबार राति १२ बजेसम्म र आज बिहान ६ बजे फेरि सुरू भएको वार्ता पाँच बुँदे सहमतिमा टुंगिएको छ।
सरकारी र आन्दोलनरत पक्षबीच सहमति भएसँगै असन्तुष्ट पक्ष आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएको छ ।
दुई पक्षबीच भएको सहमतिका वुँदा
१) प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही थाल्न तत्काल सिनेट बैठक बोलाउने र त्यसले कुलपति सामु सिफारिस गर्ने । २५ प्रतिशत सिनेट सदस्यले हस्ताक्षर गरेर सिनेट बोलाउन आजै पहल थाल्ने ।
२) प्रतिष्ठानको पदाधिकारी नियुक्तिको सम्बन्धमा यसअघि बुझाइएका प्रतिवेदन र ऐन नियमहरुलाई आधार मानेर मापदण्ड तय गर्ने । यसअघि गठित परसार कोइराला, हरि लम्साल र रमेशकान्त अधिकारी नेतृत्वको प्रतिवेदनहरूलाई आधार मानेर पदाधिकारी नियुक्ति मापदण्ड तय गर्ने ।
३) प्रतिष्ठानमा भएका अनियमितता र त्यसबारे अख्तियारमा परेको उजुरीसम्बन्धी फाइल छिटो फर्स्यौट गर्न स्वास्थ्य मन्त्रालयले अख्तियारसँग समन्वय गरेर आह्वान गर्ने ।
४) प्रतिष्ठानमा भएका अनियमितता अध्ययन गर्न उच्चस्तरीय छानबनि समिति सिनेटमार्फत् गठन गर्ने ।
५) आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया