विपी प्रतिष्ठान धरानका आन्दोलतरत पक्ष र सरकारी वार्ता टोलीबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता हुने
धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विवाद मिलाउन सरकारी वार्ता टोली र संयुक्त संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सरकारले डा. कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली बनाएको थियो ।
मंगलबार राति १२ बजेसम्म र आज बिहान ६ बजे फेरि सुरू भएको वार्ता पाँच बुँदे सहमतिमा टुंगिएको छ।
सरकारी र आन्दोलनरत पक्षबीच सहमति भएसँगै असन्तुष्ट पक्ष आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएको छ ।
दुई पक्षबीच भएको सहमतिका वुँदा
१) प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही थाल्न तत्काल सिनेट बैठक बोलाउने र त्यसले कुलपति सामु सिफारिस गर्ने । २५ प्रतिशत सिनेट सदस्यले हस्ताक्षर गरेर सिनेट बोलाउन आजै पहल थाल्ने ।
२) प्रतिष्ठानको पदाधिकारी नियुक्तिको सम्बन्धमा यसअघि बुझाइएका प्रतिवेदन र ऐन नियमहरुलाई आधार मानेर मापदण्ड तय गर्ने । यसअघि गठित परसार कोइराला, हरि लम्साल र रमेशकान्त अधिकारी नेतृत्वको प्रतिवेदनहरूलाई आधार मानेर पदाधिकारी नियुक्ति मापदण्ड तय गर्ने ।
३) प्रतिष्ठानमा भएका अनियमितता र त्यसबारे अख्तियारमा परेको उजुरीसम्बन्धी फाइल छिटो फर्स्यौट गर्न स्वास्थ्य मन्त्रालयले अख्तियारसँग समन्वय गरेर आह्वान गर्ने ।
४) प्रतिष्ठानमा भएका अनियमितता अध्ययन गर्न उच्चस्तरीय छानबनि समिति सिनेटमार्फत् गठन गर्ने ।
५) आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने ।
प्रतिक्रिया