भारतले हेपाहा र उत्पीडनकारी व्यवहार नगरोस् : नेता श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायकाजी श्रेष्ठले नेपाली भूभागमा विदेशी सुरक्षाकर्मीहरूले बुट बजारिरहेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली राजनीतिक दलका नेताहरूका कारण विदेशीहरूले नेपाली भूमिलाई विदेशीले विभिन्न पक्षबाट उपयोग गरेको बताए ।
यस्तै, बैठकमा बोल्दै श्रेष्ठले महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का कारण दाचुर्लाका जयसिंह धामी नदीमा बेपत्ता भएको बताउँदै आरोपीलाई कारबाही गर्न माग गरेका छन् । ‘भारतले हेपहा र उत्पीडनकारी व्यवहार नगरोस्, नेपालीमाथिको हेपहा व्यवहार सहन गरिदैन, नेपालमा राजनीतिक समस्या देखिएको छ,’ उनले भने, ‘नेपाललाई हेप्नेको विरुद्धमा हामी सबै एकै ठाउँमा हुँदै आएका छौँ, यो भारतले ख्याल गरोस् ।’
नेता श्रेष्ठले जयसिंह धामीको घटनामा संलग्न भएका भारतीय एसएसबीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । उनले सरकारले भारतसँग कूटनीतिक पहल गरी गम्भीर विरोध र आपत्ति जनाई दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनु पर्ने बताए ।
प्रतिक्रिया