आइतबार, माघ ६, २०८१

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराई सामाजिक सञ्जालमा आक्रोश पोख्दै

मेरोन्यूज २०७८ साउन २० गते १५:२४

काठमाडौं । रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Advertisement

उक्त निर्णयप्रति भट्टराईले आक्रोश आक्रोश पोख्दै आएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश पोखेका छन् । सत्ता पक्षका नेताहरुप्रति आक्रोश पोखेका छन् ।

उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । उनले फेसबुक पेजमार्फत सरकार र सत्ता पक्षीय गठबन्धनका शिर्ष नेताप्रति आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्, ‘शेरबहादुर, प्रचण्ड, माधव सरकारले मलाई आचरणको स्पष्टीकरण सोध्न मिल्छ तर त्यसको आधिकारिकता वा कानुनी प्रश्नको फाइल कम से कम सचिव स्तरबाट उठ्नुपर्छ । मन्त्रालयमा फाइल नल्याइ, मन्त्रिपरिषदको विधि उल्लंघन गरेर ठाडो आदेशमा गुरु भट्टराईलाई २८ दिने सरकारले स्पष्टीकरण दिने । ‘मुलुकको हितमा काम गर्दा म अपराधी वा बाधा खडा गर्ने भएछु भने फाँसी लगाउ ।’ उनले आफूले कामको परिणाम दिइरहेको बताएका छन् ।

अर्को स्टाटस उनले शेरबहादुर देउवामाथि आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो सालो एजेन्ट लगाएर मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको भनेर तत्कालीन शाही आयोगले थुनामा पठाएको थियो । अहिले गुरु भट्टराईले विभिन्न योजनामा चलखेल गरेको स्पष्टीकरण सोधिएको भन्ने छ । नेपाल रेलवे कम्पनीले आयोजना सम्बन्धी काम गर्दैन ।

त्यस्तो काम रेल विभागले गर्छ । मैले पूर्व प्रधानमन्त्रीको सपना साकार बनाउन जिम्मेवारी स्वीकारेको हुँ । उनले रेल्वे महाप्रवन्धको जिम्मेवारी थाहा नभएको सरकारले देशको विकासको बाटोमा हिड्ला भनेर जनताले नपत्याउने उनले उल्लेख गरेका छन् । पुनः अर्को अर्को स्टाटस मार्फत उनले नेपाल, प्रचण्ड र देउवाले मलाई नेता बनाउन किन खोजिरहेका छन् म बुझ्दैन भनेर लेखेका छन् ।

उनले लेखेका छन्, ‘माकुने, प्रचण्ड र शेरबहादुरले बेकारमा मलाई नेता बनाउन किन खोजिरहेका छन् म बुझ्दैन । तर गुरु भट्टराईले राजनीतिक पार्टीको सदस्यता लियो भने तिनको चिहान खन्ने काम त्यही दिनबाट सुरु हुन्छ । प्रस्ट भए हुन्छ ।’

उनले अर्को स्टाटसबाट एमाले नेता नेपाललाई चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु । तयसपछि दलको सरकार बनाउन हिड्ने यस्ता अराजनीति मान्छे कहाँ पुगछन् प्रष्ट छ ।’ उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्यरुपमा प्रचण्ड र नेपालको भीषण दबाब रहेको बताएका छन् ।

गुरु भट्टराई देखेर तीन कान्ला हामफाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु चनेर उनले प्रश्न गरेका छन् । दुई घण्टाको अन्तरमा अर्को स्टाटस लेख्दै उनले आफूलाई निकाले पनि आफूले नियुक्ति गरेका कर्मचारीलाई निकाले सत्ता हल्लाउने बताएका छन् । उनले भारतिय कम्पनिलार्इ दिनु पर्ने ८ करोड बुधबार पठाइरहेको जानकारी गराएका छन् ।

सर्वाजनिक महत्वको स्थानमा रहेका भट्टराई सामाजिक सञ्जालमा एकपक्षीय रुपमा लेख्दै आएको आरोप लाग्दै आएको छ । जसले गर्दा उनी पटकपटक आलोचित हुँदै आएका छन् ।

प्रतिक्रिया