रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराई सामाजिक सञ्जालमा आक्रोश पोख्दै

काठमाडौं । रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति भट्टराईले आक्रोश आक्रोश पोख्दै आएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश पोखेका छन् । सत्ता पक्षका नेताहरुप्रति आक्रोश पोखेका छन् ।

उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । उनले फेसबुक पेजमार्फत सरकार र सत्ता पक्षीय गठबन्धनका शिर्ष नेताप्रति आक्रोश पोखेका छन् ।
उनले लेखेका छन्, ‘शेरबहादुर, प्रचण्ड, माधव सरकारले मलाई आचरणको स्पष्टीकरण सोध्न मिल्छ तर त्यसको आधिकारिकता वा कानुनी प्रश्नको फाइल कम से कम सचिव स्तरबाट उठ्नुपर्छ । मन्त्रालयमा फाइल नल्याइ, मन्त्रिपरिषदको विधि उल्लंघन गरेर ठाडो आदेशमा गुरु भट्टराईलाई २८ दिने सरकारले स्पष्टीकरण दिने । ‘मुलुकको हितमा काम गर्दा म अपराधी वा बाधा खडा गर्ने भएछु भने फाँसी लगाउ ।’ उनले आफूले कामको परिणाम दिइरहेको बताएका छन् ।
अर्को स्टाटस उनले शेरबहादुर देउवामाथि आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो सालो एजेन्ट लगाएर मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको भनेर तत्कालीन शाही आयोगले थुनामा पठाएको थियो । अहिले गुरु भट्टराईले विभिन्न योजनामा चलखेल गरेको स्पष्टीकरण सोधिएको भन्ने छ । नेपाल रेलवे कम्पनीले आयोजना सम्बन्धी काम गर्दैन ।

त्यस्तो काम रेल विभागले गर्छ । मैले पूर्व प्रधानमन्त्रीको सपना साकार बनाउन जिम्मेवारी स्वीकारेको हुँ । उनले रेल्वे महाप्रवन्धको जिम्मेवारी थाहा नभएको सरकारले देशको विकासको बाटोमा हिड्ला भनेर जनताले नपत्याउने उनले उल्लेख गरेका छन् । पुनः अर्को अर्को स्टाटस मार्फत उनले नेपाल, प्रचण्ड र देउवाले मलाई नेता बनाउन किन खोजिरहेका छन् म बुझ्दैन भनेर लेखेका छन् ।
उनले लेखेका छन्, ‘माकुने, प्रचण्ड र शेरबहादुरले बेकारमा मलाई नेता बनाउन किन खोजिरहेका छन् म बुझ्दैन । तर गुरु भट्टराईले राजनीतिक पार्टीको सदस्यता लियो भने तिनको चिहान खन्ने काम त्यही दिनबाट सुरु हुन्छ । प्रस्ट भए हुन्छ ।’
उनले अर्को स्टाटसबाट एमाले नेता नेपाललाई चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु । तयसपछि दलको सरकार बनाउन हिड्ने यस्ता अराजनीति मान्छे कहाँ पुगछन् प्रष्ट छ ।’ उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्यरुपमा प्रचण्ड र नेपालको भीषण दबाब रहेको बताएका छन् ।

गुरु भट्टराई देखेर तीन कान्ला हामफाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु चनेर उनले प्रश्न गरेका छन् । दुई घण्टाको अन्तरमा अर्को स्टाटस लेख्दै उनले आफूलाई निकाले पनि आफूले नियुक्ति गरेका कर्मचारीलाई निकाले सत्ता हल्लाउने बताएका छन् । उनले भारतिय कम्पनिलार्इ दिनु पर्ने ८ करोड बुधबार पठाइरहेको जानकारी गराएका छन् ।
सर्वाजनिक महत्वको स्थानमा रहेका भट्टराई सामाजिक सञ्जालमा एकपक्षीय रुपमा लेख्दै आएको आरोप लाग्दै आएको छ । जसले गर्दा उनी पटकपटक आलोचित हुँदै आएका छन् ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया