सम्पर्कविहीन बनेकी विमला पार्टी कार्यालयमा उपस्थित, पत्रकार सम्मेलनको तयारी

काठमाडौँ । पार्टीसँग एक हप्तादेखि सम्पर्कविहीन बनेकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । उनी बुधबार बिहान प्रदेशसभा सचिवालयको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी थिइन ।
विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमा राखिएको नेताहरूसँग बताएकी थिइन । उनले आज दिउँसो पत्रकार सम्मेलन गरी आफ्ना कुरा सार्वजनिक गर्ने बताएकी छन् ।
दुई दिनअघि विमलाको हस्ताक्षरमा आफू एमालेमा नै रहेको विज्ञप्ति सार्वजनिक भएको थियो । विज्ञप्ति सार्वजनिक भएसँगै माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाई जबरजस्ती हस्ताक्षर कीर्ते गरेको बताउँदै आएको थियो । माओवादीले उनको स्थिति सार्वजनिक गरी जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानविन गठन गर्न सरकारसँग माग गरेको थियो ।
दुर्घटनामा आफ्ना पति उत्तरकुमार वलीको निधन भएपछि दाङ ३ (ख)मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी हुन् । फागुन २३ को सर्वोच्चको फैसलासँगै नेकपा खारेज भएपछि उनले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत शनिबारदेखि उनी पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् ।
विमला माओवादी केन्द्रको सम्पर्कमा आएसँगै विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पूरा भएको छ । प्रदेश सभामा हाल ८० सदस्यीय सदस्यमध्ये विपक्षमा सभामुखसहित ४२ मत छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया