क्रियाशील सदस्यता विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार दिउँसो साढे २ बजे शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल विषयमा बैठक बसेको पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।
उक्त बैठकमा बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने भएका छन् ।
रमेश लेखकको संयोजकमा गठन भएको क्रियाशील सदस्यता छानविन समितिले सहमति गर्न नसकेको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले तीन जना शीर्ष नेतालाई जिम्मा दिएको थियो । क्रियाशील विवाद मिलाउँन शिर्ष नेताहरुले लिएको पाँच दिनको समय आज सकिएको छ ।
क्रियाशील सदस्यता छानविन समितिले गत १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायत केही जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन सकेको थिएन ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया