एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी गराएका छन् । भट्टराईले सामाजिक सञ्जाल मार्फत खनालको स्वास्थ्य अवस्था सम्बन्धि जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, “केही समययता भारतको ओपोलो अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा. अखिल मिश्रको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार भइरहेको थियो । आज सर्जन सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ ।”
भट्टराईका अनुसार खनाल केही समय अस्पतालमै आराम गरेपछि स्वदेश फर्कने छन् ।

















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया