बिहीबारबाट नेपालीलाई यूएइ आगमन खुल्ला

काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई)ले बिहीबारदेखि नेपालबाट यूएइ आगमन खुल्ला गरेको छ । यूएईमा रहेको नेपाली राजदूतावासले सूचना जारी गर्दै बिहीबार अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको जानकारी गराएको छ ।
सूचनाअनुसार यूएईको आवासीय भिसा भएका र यूएईमा कोरोना भाइरस कोभिड-१९ विरुद्धका दुबै मात्र खोप लगाई त्यसको प्रमाणपत्र लिएका नेपालीलाई यूएई सरकारले प्रवेश खुल्ला गरेको छ । यस्तै यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका यूएइ सरकारी कार्यालयमा कार्यरत नेपाली, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विदालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक, यूएईमा उपचार चलिरहेका नेपाली नागरिक र विशेष मानवीय परिस्थिति भएका नेपाली नागरिकलाई यूएई प्रवेशमा छुट दिइएको छ ।
राजदूतावासको सूचनाअनुसार नेपालमा बसेका श्रमिकहरू यूएई प्रवेश गर्न सक्ने छैनन् । यस्तै नेपालमा दुई खोप लगाएका श्रमिकहरू समेत यूएई जान पाउने छैनन् । यूएई प्रवेश गर्न नेपाली नागरिकले federal authority for identity and citizenship (आईसिए) बाट अनुमति लिनुपर्छ।
यस्तै यात्रुको ४८ घण्टाभित्रको पिसिआर रिपोर्ट हुनुपर्ने, नेपाल विमानस्थलमा –यापिड टेष्ट गरेको हुनुपर्ने, यूएई अवतरण भईपछि विमानस्थलमा पिसिआर परिक्षण गरिने र आवश्यकता अनुसार क्वारेन्टीन लगायत अन्य स्वास्थ्यसम्बन्धी मापदण्ड पुरा गर्नुपर्ने छ ।



















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया