शनिबार, चैत १४, २०८२

तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुंगाउने कांग्रेसको सहमति

मेरोन्यूज २०७८ साउन २० गते २०:३९

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले तीन दिनभित्र क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने सहमति गरेका छन् । बुधबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र टुंगो लगाउने सहमति गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

क्रियाशील सदस्यता विवाद टुंग्याउन बसेको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सह महामन्त्री डा. प्रकाशशरण महत, नेता डा. मिनेन्द्र रिजाल र क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखक सहभागि थिए ।

क्रियाशील सदस्यताको विवाद तीन दिनभित्र टुंगो लगाउने सहमति भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बताएका छन् । उनले अरू पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूको सम्बन्धमा का‌ंग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको बताए । क्रियाशील सदस्यताको विवाद मिलाउन शिर्ष नेताहरुले ५ दि नको समय लिएका थिए । तर सदस्यता विवाद मिलाउन नसकेपछि फेरि समय लिएका छन् ।

गत साउन १४ गते बसेको कांग्रेस पदाधिकारी बैठकले ५ दिनभित्र क्रियाशील विवाद टुंग्याएर नयाँ महाधिवेशन कार्यतालिका बनाउने सहमति गरेको थियो । तर, क्रियाशील सदस्यताको विवाद टुंगिन नसकेपछि कांग्रेस महाधिवेशन अनिश्चित बनेको छ ।

प्रतिक्रिया