नेता नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकप्रति आपत्ति जनाएको छ । केन्दीय पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा बिहीबार बस्न लागेको नेपाल पक्षको बैठकले ध्यानाकर्षण भएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण १ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’
एमाले नेपाल पक्षले बुधबारको लागि बोलाएको बैठक स्थगित गरेर बिहीबारको लागि बोलाएको छ । तर एमालेले त्यसप्रति आपति जनाएको छ । पार्टी विवाद मिलेको र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गर्ने तय भएको भनिएको बेला एक पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने अर्को पक्षले प्रतिवाद गरेको छ ।

















32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माधव नेपाल अस्पताल भर्ना
प्रतिक्रिया