ठाकुरद्वारा सहयोगको लागि अपिल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले सहयोगका लागि अपिल जारी गरेको छ । बुधबार जारी गरिएको अपिलमा आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । उनले पटकपटक मधेशका मुद्दा सम्बोधन गर्न लागेको पनि बताए ।
ठाकुरले आफू मधेशको मुद्दा सफल पार्ने अभियानमा लागेको जनाएका छन् ।
अपिलमा भनिएको छ, ‘मधेशी, आदिवाशी जनजाति, थारु, शिल्पी, महिला, मुस्लिम, पिछडावर्ग, उत्तपीडित खस, अल्पसंख्यक लगायत अन्य पिछडीएको क्षेत्रको जनताको अधिकार प्राप्तिको सवालमा एकल जातिय राज्यको समाप्ति तथा बहुल राष्ट्रिय राज्यको स्थापनाको निम्ति राष्ट्रिय मुक्ति आन्दोलनको अपरिहार्यता महशुस गर्दै हामी हरेक मोर्चामा संघर्ष गर्न तयार छौं । त्यस प्रति हाम्रो प्रतिवद्धता, हाम्रो निष्ठा र अर्जुण दृष्टीमा कुनै विचलन आएको छैन् । संघर्ष प्रति हाम्रो संकल्प पनि यथावत नै छ । यसको निम्ति दृढ इच्छा शक्ति, सक्षम नेतृत्वको समूह, निष्ठावान कार्यकर्ताको ठुलो जमात र नीति कार्यक्रम जिवन्त रुपमा विद्धमान छ ।’
समाजका सबै वर्ग विद्यार्थी, यूवा, किसान, मजदुर, व्यवसायी, उद्योगपति, बुद्धिजिविलाई आफ्नो अभियानलाई सहयोग ठाकुरले अपिल गरेका छन् । यस्तै ठाकुर पक्षले देश भरी अगुवा कार्यकता भेला गर्ने भएको छ । मधेशका प्मुख सहरमा ठाकुर पक्षले भेला गर्न लागेको हो ।
जसपाभित्र पार्टी आधिकारिकताको विषयमा विवाद हुदै आएको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ । त्यसविरुद्ध ठाकुर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आदेश दिन अस्विकार गरेको छ ।


















आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया