लगातारको वर्षाले हुम्लाको तुम्कोट गाउँमा पहिरो

सिमकोट । केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ ।
तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट गाउँमा नजिकैको खेतबारी, होटेल, सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो ।
भीषण वर्षाले माथिबाट पहिरो आउँदा ५०० मिटर लामो खोलामा बनाइएको कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षतविक्षत बनाएको छ ।
पहिरोले कुलो बगाउँदा ५०० रोपनी खेतबारी र बाँझो जग्गासमेत नरहेको तुम्कोट गाउँ निवासी छेम्जोक दोर्जे लामाले जानकारी दिए । उनका अनुसार धेरै समय अगाडि बनाएको सिँचाइ कुलो अहिलेसम्म केही पनि भएको थिएन ।
एक्कासि ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइपसमेत बगाउँदा खानेपानीको समस्या भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटलसमेत बाढीपहिरोले बगाएको स्थानीयवासी लेण्डो मिग्युर लामाले बताए । खेतबारीमा लगाएको अन्नबाली बगाएको तुम्कोट गाउँका हिसे पाल्मो लामाले बताए ।
गाउँनै भोकमरी पर्ने सक्ने भन्दै त्यसका लागि सक्दो पहल गरिने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्री तथा नेपाल अस्ट्रिया साझेदारी संस्थाका संयोजनक छेपाल दोर्जे लामाले बताए ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया