भत्ता लिन गएका युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौँ । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली प्रहरी पक्राउ परेका छन् । गत १५ गते स्थानीय २२ वर्षीय सर्पे नेपालीलाई डोरीले बाँधेर निर्मम तरिकाले कुटपिट गरेका अध्यक्ष नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले उनीविरुद्ध जाहेरी दर्ता गर्ने जानकारी दिए । उनले भने, ‘उनीविरुद्ध जाहेरी नपरे पनि कानुनी कारबाही हुन्छ ।’
वडाध्यक्ष नेपालीलाइ प्रहरीले सामाजिक सुरक्षा भत्ता लिन गएका सर्पे नेपालीलाई बन्धक बनाई सार्वजनिक रुपमा कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
वडाध्यक्ष नेपालीलाई आज सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई कुटपिट गरी बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो ।
नेपालीले योभन्दा अघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाई समेत कुटपिट गरेका थिए । यस्तै, स्थानीय युवाहरूसँग विवाद गर्दा उनी आफैँ घाइते भएका थिए ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया