अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता

अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता भएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले प्रकाशित गरेको एक विज्ञप्तिमा पाकिस्तानको समन्वयमा भएको वार्तामा दुई हप्ताको युद्धविराम सम्झौताको गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि युद्धविराम सम्झौता इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीको स्वीकृतिमा भएको हो।
विज्ञप्तिमा भनिएको छ,-‘सम्झौता “इरानको लागि विजय” हो, साथै स्थायी सम्झौताको लागि वार्ता इस्लामाबादमा हुनेछ।’
विज्ञप्तिमा भनिएको छ,-‘ पाकिस्तानका प्रधानमन्त्रीले इरानलाई जानकारी गराएका छन् कि अमेरिकाले इरानको १०-बुँदे योजनालाई वार्ताको आधारको रूपमा स्वीकार गरेको छ।’
“यसको अर्थ युद्धको अन्त्य होइन र इरानले युद्धको अन्त्यलाई त्यतिबेला मात्र स्वीकार गर्नेछ जब १०-बुँदे योजनामा परिकल्पना गरिएका सिद्धान्तहरूलाई वार्तामा अन्तिम रूप दिइन्छ।”
वार्ता अप्रिल १०, शुक्रबार इस्लामाबादमा सुरु हुने इरानले जनाएको छ । सहमतिमा वार्ताको अवधी बढाउन सकिने उल्लेख छ ।
“वार्तामा इरानी राष्ट्रका सबै मागहरू पूरा नभएसम्म मैदानमा छेउछाउमा लड्नेछौं। हाम्रा हातहरू ट्रिगरमा छन्, र शत्रुले थोरै गल्ती गर्ने बित्तिकै, यसको पूर्ण बलका साथ जवाफ दिइनेछ।” इरानले भनेको छ ।
यसअघी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै मंगलबार राति इरानको “एउटा पूरै सभ्यता समाप्त हुन सक्ने” बताएका थिए ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया