डेपुटी गभर्नर पण्डितले लिए शपथ
मेरोन्यूज
२०८२ चैत २४ गते २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पण्डितले मंगलबार नै पदबहाली समेत गरे ।
मन्त्रपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।
पण्डितले २ माघ २०६२ मा सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६८ सालमा उप–निर्देशक, २०७४ सालमा निर्देशक हुँदै १ फागुन २०८१ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया